Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेप्से : २५५७ विन्दुमा थामियो बजार, पौने ४ अर्बको कारोबार

नेप्से : २५५७ विन्दुमा थामियो बजार, पौने ४ अर्बको कारोबार

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज विहिबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा पुगेर रोकिएको छ।

    आज ३४८ कम्पनिका एक करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० मा कारोबार भएको थियो। आज बैंकिंग, विकास बैंक, फाइनान्स, होटल्स, लगानी, उत्पादन, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

    आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने घोराही सिमेन्टको शेयर ८.१९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर ९.४५ प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने एसबिआई बैंकको १६ करोड ६६ लाख बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार