Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नगद लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नगद लाभांश घोषणा

आर्थिक पत्र
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंक सञ्चालक समितिको १९१औं बैठकले बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा करसमेत समावेश छ।

    बैंकले उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि लाभांश साधारणसभाबाट पारित गरिनेछ। त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र प्रस्तावित नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार