Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बीमा प्राधिकरण कर्मचारी संगठनले बाढीपीडितका लागि एक लाख सहयोग गर्ने

बीमा प्राधिकरण कर्मचारी संगठनले बाढीपीडितका लागि एक लाख सहयोग गर्ने

आर्थिक पत्र
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    संगठनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ। संगठनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ।

    यस्तै बाढी तथा पहिरोका कारण घाइते भएकाहरूको यथाशीघ्र उद्धार गरी प्रभावकारी उपचारको व्यवस्था गर्न संगठनले सरकारसँग अनुरोध गरेको छ। प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना तथा राहत वितरणको कामलाई थप प्रभावकारी बनाउन पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार