Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

आर्थिक पत्र
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

    images

    त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएकाले सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार