Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग

बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग

आर्थिक पत्र
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडाैँ । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

    सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पान मार्फत आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो । यस विषम परिस्थितिमा निजी क्षेत्रको तर्फबाट मानवीय सेवाका लागि यो सहयोग उपलब्ध गराइएको हो ।

    यस सामूहिक सहयोग रकममा बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ सङ्कलन गरिएको छ, जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीहरूको ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ ।

    त्यसैगरी, समूह अन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार