Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

१० लाख रुपैयाँको धनमाल चोरी गर्ने दुई जना पक्राउ

१० लाख रुपैयाँको धनमाल चोरी गर्ने दुई जना पक्राउ

आर्थिक पत्र
बिहिवार, भाद्र २३ २०७९
  • झापा।  भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । 

    राजेन्द्रको घरबाट सुनका गहना, मोबाईल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा २ थान प्रहरीले बरामद गरेको छ । 

    उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार