Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख रुपैयाँ सहयोग

सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख रुपैयाँ सहयोग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    कम्पनीले भाद्र १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषका लागि ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो ।

    बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति कम्पनीले गहिरो समवेदना व्यक्त गरेको छ । साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दैवी प्रकोपबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन भविष्यमा पनि सहयोगका हातहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कम्पनीका अनुसार उक्त आर्थिक सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको हो । विपद्का कारण प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापनाका काममा समेत यस सहयोगले थप टेवा पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

    भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग भइरहेका छन् । सन नेपाल लाइफले पनि राष्ट्रिय विपद्को अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार