Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैठकले बैंकको गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। सो १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर (कर समेत) रहेको छ।

    बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ। साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार