Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पेट्रोलियमको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

पेट्रोलियमको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भए पनि निगमले मूल्य समायोजन नगर्ने निर्णय गरेको हो।

    निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३.३४ रुपैयाँ, डिजेलमा ४.३३ रुपैयाँ, मट्टितेलमा १०.१९ रुपैयाँ र हवाई इन्धनमा ४.९६ रुपैयाँले मूल्य बढेको छ। एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ३५.६२ रुपैयाँले मूल्य बढेर आएको छ।

    तर भोटेकोशीमा आएको असाधारण बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको भदौ १६ गतेको निर्णयअनुसार भदौ १७ गतेदेखि हाल कायम खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

    हाल पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ छ। डिजेल/मट्टितेलको मूल्य पनि क्रमशः १९७.५०, १९९ र २०० रुपैयाँ कायम छ।

    हवाई इन्धनको आन्तरिक मूल्य प्रतिलिटर २४९ रुपैयाँ छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलो लिटर १६९७ अमेरिकी डलर बिक्री मूल्य कायम गरिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० रुपैयाँ छ।

    निगमले मूल्य यथावत् राख्दा हालको अवस्थामा पाक्षिक रूपमा १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने अनुमान गरेको छ।

    निगमले पेट्रोलियम पदार्थको मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यास उद्योगबाट ५० किलोमिटरसम्मको दूरीका आधारमा वर्गीकरण गरी कायम गरेको जनाएको छ।

    null

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार