Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटेकोशी बाढीप्रभावितका लागि प्रभु बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २ करोड ११ लाख बढी सहयोग

भोटेकोशी बाढीप्रभावितका लागि प्रभु बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २ करोड ११ लाख बढी सहयोग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं। प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    गत २०८३ भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

    राष्ट्रिय विपद्को यस दुःखद् घडीमा पीडित परिवारहरूको सहायता एवम् खोजतलास र राहत कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

    भाद्र १६ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो। हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजङ्ग कार्की तथा सञ्चालकहरू राजु पौडेल र डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।

    सो अवसरमा प्रभु बैंक परिवारले अकल्पनीय विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक-सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बैंकले बेपत्ता भएकाहरूको शीघ्र खोजतलास र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार