Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम संकलन: बालेन

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम संकलन: बालेन

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि कोषमा रहेको रकम र हालसम्म भएको निकासाबारे सदनलाई जानकारी गराएका हुन् ।

    उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । उक्त रकममध्ये विभिन्न १५ वटा स्थानीय तहका लागि हालसम्म ६ करोड ७५ लाख रुपैयाँ पठाइएको प्रधानमन्त्री शाहले बताए ।

    विपद्बाट प्रभावित स्थानीय तहमा प्रत्यक्ष रूपमा बजेट उपलब्ध गराई राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।

    प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार