Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवालगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  ७२ लाख सहयोग गरेको छ।

    कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख कम्पनीको तर्फबाट तथा सञ्चालक र कर्मचारीहरूबाट २१ लाख गरी कुल ७२ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

    उक्त रकमको एकमुस्ट चेक कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

    कम्पनीले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार