Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेप्सेमा १५.४४ अंकको सुधार: २५३८ विन्दुमा पुग्यो बजार, २ अर्ब ९४ करोडको कारोबार

नेप्सेमा १५.४४ अंकको सुधार: २५३८ विन्दुमा पुग्यो बजार, २ अर्ब ९४ करोडको कारोबार

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं। नेप्सेमा आज वृद्धि आएको छ। आज बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेर रोकिएको छ।

    images

    आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो। आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

    आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५.८१ प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी सानिमा मिडल तमोर हाइड्रोको १४ करोड १७ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार