काठमाडौं। गत भदौ १० गते रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति अर्थ मन्त्रालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ।
मन्त्रालयले उक्त बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को यस घडीमा राहत, खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीहरूले रु. १८,३२,७२१।०० (अठार लाख बत्तीस हजार सात सय एक्काइस रुपैयाँ) सहयोग प्रदान गरेका छन्।
भदौ ११ गते बसेको मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयअनुसार उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

