Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

प्रभु महालक्ष्मी लाइफको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

आर्थिक पत्र
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्रीमा राखेको छ।

    images

    कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीबाट आवेदन माग गरेको हो। इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोकेको फिट एन्ड प्रपर टेस्टको मापदण्ड पूरा हुने आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

    तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार उक्त शेयर संस्थापक समूहबाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार