Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्यमा वृद्धि: छापावाल सुन तोलामा १ हजार २०० ले बढ्दा चाँदी ६० रुपैयाँले महँगियो

सुनको मूल्यमा वृद्धि: छापावाल सुन तोलामा १ हजार २०० ले बढ्दा चाँदी ६० रुपैयाँले महँगियो

आर्थिक पत्र
आइतवार, भाद्र २८ २०८३
  • काठमाडाैं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। मूल्य वृद्धि भएसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको छ। गत शुक्रबार भने चाँदीको मूल्य तोलामा २५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार