Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, मंगलबार ३ लाख १०० रुपैयाँमा कारोबार

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, मंगलबार ३ लाख १०० रुपैयाँमा कारोबार

आर्थिक पत्र
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं। नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार र मंगलबार लगातार ओरालो लागेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार (भदौ ३०) छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।

    यससँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १ हजार २०० रुपैयाँ बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।

    यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ कायम भएको छ।

    सोमबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार तोलामा ६० रुपैयाँ बढेर ४ हजार ६६० रुपैयाँ पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार