Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश घोषणा

रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश घोषणा

आर्थिक पत्र
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको भदौ २९ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको ४२२औं बैठकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ।

    images

    बैठकबाट गत आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण पारित गरी कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो।

    यस अनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५७ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) बाँड्नेछ। नियामकीय निकायबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

    यसका लागि कम्पनीले आउँदो असोज २२ गते बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेटमा बिहान ९ बजे ३२औं वार्षिक साधारणसभा बोलाएको छ भने असोज १४ गते एक दिन बूक क्लोज गर्ने निर्णय पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार