Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको भाउ कति?

विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको भाउ कति?

आर्थिक पत्र
आइतवार, आश्विन ४ २०८३
  • काठमाडाैं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ७० पैसा कायम भएको छ।

    images

    युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ८३ पैसा र बिक्री दर १७६ रुपैयाँ ५२ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ६९ पैसा र बिक्री दर २०५ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

    स्वीस फ्र्याङ्क एकको खरिद दर १८५ रुपैयाँ ६५ पैसा र बिक्री दर १८६ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०८ पैसा र बिक्री दर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३७ पैसा र बिक्री दर १०९ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ८५ पैसा र बिक्री दर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ।

    यसैगरी जापानी येन १० को खरिद दर नौ रुपैयाँ ७० पैसा र बिक्री दर नौ रुपैयाँ ७३ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ८६ पैसा र बिक्री दर २२ रुपैयाँ ९५ पैसा रहेको छ।

    खाडी मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७६ पैसा र बिक्री दर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९९ पैसा र बिक्री दर ४२ रुपैयाँ १६ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६९ पैसा र बिक्री दर ४१ रुपैयाँ ८५ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

    अन्य विदेशी मुद्राहरूमा कुवेती दिनार एकको खरिद दर ४९८ रुपैयाँ १३ पैसा र बिक्री दर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिद दर ४०६ रुपैयाँ ११ पैसा र बिक्री दर ४०७ रुपैयाँ ७० पैसा तथा ओमनी रियाल एकको खरिद दर ३९७ रुपैयाँ ६६ पैसा र बिक्री दर ३९९ रुपैयाँ २२ पैसा रहेको छ।

    त्यस्तै थाई भाट एकको खरिद दर चार रुपैयाँ ५९ पैसा र बिक्री दर चार रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ०४ पैसा र बिक्री दर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ५९ पैसा र बिक्री दर १५ रुपैयाँ ६५ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ५२ पैसा र बिक्री दर २३ रुपैयाँ ६१ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ५१ पैसा र बिक्री दर १९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

    केन्द्रीय बैंकका अनुसार तोकिएको यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार