काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार पनि चाँदीको मूल्य १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ पुगेको थियो।


