Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै

बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै

आर्थिक पत्र
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ भोलि असोज ५ गते बिहान बाँडफाँड गर्ने भएको छ।

    images

    कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले भोलि सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको हो।

    कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन्।

    मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार