Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

लक्ष्मी सनराइज बैंकको ३० लाख कित्ता डिबेन्चर नेप्सेमा सूचीकृत

लक्ष्मी सनराइज बैंकको ३० लाख कित्ता डिबेन्चर नेप्सेमा सूचीकृत

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ ।

    images

    नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ ।

    बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत बिक्री खुला गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार असोज १ गतेको निर्णय बमोजिम उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो ।

    नेप्सेका अनुसार  ‘LSD92’ संकेतमा सूचीकृत यो डिबेन्चरको दोस्रो बजारमा कारोबार असोज ८ गतेदेखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार