Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

३६ अंकले घट्यो नेप्से सूचक

३६ अंकले घट्यो नेप्से सूचक

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । इन्डेक्स ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो । आज कारोबार भएका कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ । दिनभरमा ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ।

    images

    नेप्सेसँगै अधिकांश उपसूचक पनि ओरालो लागेका छन् । सबैभन्दा बढी गिरावट जीवन बिमा समूहमा देखिएको छ। उक्त समूहको सूचक २.०४ प्रतिशतले घटेको छ । बजार घटेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, सीवाइसी नेपालको सेयर मूल्य ५.४४ प्रतिशतले उकालो लागेको छ।

    यता, फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार