Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

भन्सार विभागले असोज ६ गतेसम्म उठायो १ खर्ब २ अर्ब राजस्व

भन्सार विभागले असोज ६ गतेसम्म उठायो १ खर्ब २ अर्ब राजस्व

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य ६ खर्ब २८ अर्ब रहेकोमा असोज ६ गतेसम्म १ खर्ब २ अर्ब राजस्व असुली भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व ५ खर्ब २७ अर्ब रहेको छ।

    images

    तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको विषम परिस्थितिका बीच पनि सम्पूर्ण भन्सार प्रशासनको अथक प्रयासबाट भदौ ६ गतेसम्म १ खर्बभन्दा बढी राजस्व संकलन गर्न भन्सार विभाग सफल भएको छ।

    आगामी दिनमा भन्सार विभागको अर्जुनदृष्टि बाँकी ५ खर्ब २७ अर्ब राजस्व असुलीमा केन्द्रित रहने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार