Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

आर्थिक पत्र
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण शेयरको लक–इन अवधि समाप्त हुने भएको छ।

    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो।

    सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त ४७ हजार कित्ता शेयरको लक–इन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले ६ महिनापछि समाप्त हुने व्यवस्था छ।

    सोही व्यवस्थाअनुसार एपोलो हाइड्रोपावरका सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता शेयरको लक–इन अवधि आउँदो कात्तिक १० गते समाप्त हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार