काठमाडौं । सरकारले भटमास, सुर्यमुखी र पाम तेलको कच्चा पदार्थ पैठारी (आयात) मा ९० प्रतिशत भन्सार छुटकाे व्यवस्था गरेकाे छ । सरकारले आर्थिक ऐन, २०७९ मार्फत अगाडि बढाएको विभिन्न वस्तुहरुको दस्तुर, शुल्क, महशुल र करको दरमा हेरफेर गरेर सो छुटको व्यवस्था गरेको हो ।
अर्थमन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न वस्तुहरुको दस्तुर, शुल्क, महशुल र करको दरमा हेरफेर गरिएको जनाएको छ । आर्थिक ऐन, २०७९ ले भटमास, सुर्यमुखी र पाम तेलको कच्चा पदार्थ पैठारीमा ५० प्रतिशत भञ्सार छुटको व्यवस्था गरेको थियो ।
भन्सार विभागले प्रकाशन गरेको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष ०७९/८० पहिलो महिनामा मात्रै २ अर्ब ४४ करोड, ९ लाख ८६ हजार बराबरको तेलहन लगायत विभिन्न दानाजन्य कच्चापदार्थको आयात गरेको थियो ।


