Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र ‘एक एक पाइला’ बीच पुनः सहकार्य

नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र ‘एक एक पाइला’ बीच पुनः सहकार्य

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडाैं। उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड ‘प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल ‘एक एक पाइला’ सँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि आवश्यक सहयोग पुर्‍याइनेछ।

    images

    पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार थान बेबी केयर उत्पादनहरू वितरण गरेको छ।

    वितरण गरिएका सामग्रीहरूमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेशिङ पाउडर, नौरिसिङ क्रिम र नौरिसिङ सोप प्रत्येकका ५ हजार थान रहेका छन्। शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई शिशु हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको छालाको उचित हेरचाहसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु यस पहलको प्रमुख उद्देश्य रहेको छ।

    ‘एक एक पाइला’ का व्यवस्थापक अशोक पाण्डेले प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यका कारण उपत्यकाका विभिन्न अस्पतालमा पुगेर बेबी केयर उत्पादनहरू परिवारसम्मै पुर्‍याउन सकिएको बताएका छन्। यो पहलको निरन्तरताले गर्दा परिवारहरूमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएको पाउँदा खुसी लागेको उनको भनाइ छ।

    यस पहलको उद्देश्यबारे स्पष्ट पार्दै मारिकोले भनेको छ, “प्यारासुट एडभान्स्ड बेबीमार्फत हामी हरेक अभिभावकको यात्रामा पहिलो दिनदेखि नै विश्वासिलो साथी बन्न चाहन्छौँ। हामी ‘एक एक पाइला’ सँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारहरूलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग गर्ने सुरक्षित र कोमल उत्पादनहरू सहजै उपलब्ध गराउन चाहन्छौँ।”

    नवजात शिशुको संवेदनशील छालाका लागि सुरक्षित र कोमल रहेको भनी क्लिनिकल परीक्षणबाट प्रमाणित प्यारासुट एडभान्स्ड बेबी उत्पादन शृंखलामा छालालाई नरम र ओसिलो राख्न नौरिसिङ क्रिम र लोशन, मुलायम ढङ्गले सफा गर्न टियर-फ्री श्याम्पू, भिटामिन ई र एफ युक्त मसाज तेल, रिफ्रेशिङ पाउडर, नौरिसिङ सोप तथा हालै बजारमा उपलब्ध गराइएको आल्मोन्ड मिल्क र ओलिभ ओइलयुक्त जेन्टल वाइप्स समावेश छन्।

    यो सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा नवजात शिशु र साना बालबालिकासम्म निरन्तर पुग्नेछ। यसबाट शिशुको जीवनका सुरुवाती चरणमा परिवारलाई आवश्यक बेबी केयर उत्पादन उपलब्ध गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ।

    प्यारासुट एडभान्स्ड बेबीको बारेमा

     शिशुका लागि कोमल र दैनिक हेरचाहका सामग्री उपलब्ध गराउन प्रतिबद्ध प्यारासुट एडभान्स्ड बेबी, मारिको लिमिटेडको बेबी केयर ब्रान्ड हो। नवजात शिशुलाई आवश्यक स्याहार प्रदान गर्न केन्द्रित यस ब्रान्डले संवेदनशील छालाका लागि तयार गरिएका हेरचाहसम्बन्धी सामग्रीमार्फत अभिभावकलाई सहयोग गर्दै ‘Your Baby’s Growth Partner’ बन्ने लक्ष्य राखेको छ।

    मारिकोको बारेमा

     मारिको लिमिटेड, उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी भारतीय कम्पनीहरूमध्येको एक हो। यसले विश्वव्यापी रूपमा सौन्दर्य तथा सु-स्वास्थ्यसम्बन्धी उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ।

    कम्पनीले कपालको हेरचाह, छालाको हेरचाह, खाने तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने तथा स्वस्थ खाद्य पदार्थ, पुरुषको व्यक्तिगत स्याहार र कपडाको हेरचाहलगायतका क्षेत्रमा विभिन्न अग्रणी ब्रान्डहरू उपलब्ध गराउँदै आएको छ। यसका प्रमुख ब्रान्डहरूमा लिभन, प्यारासुट नेचुरल, प्यारासुट एडभान्स्ड, निहार नेचुरल्स, हेयर एन्ड केयर, सेट वेट, बियर्डो, सफोला र रिभाइभ रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार