Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुग्यो, चाँदीको मूल्य भने घट्यो

सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुग्यो, चाँदीको मूल्य भने घट्यो

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। यस वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।

    यसअघि बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो भने मङ्गलबार ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, साताको पहिलो दिन आइतबार ११ हजार ७०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको सुनको मूल्य सोमबार भने ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो।

    अर्कोतर्फ, बिहीबार चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको थियो।

    साताको अन्य दिनहरूको स्थिति हेर्दा, मङ्गलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो भने सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो। त्यसैगरी, गत आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार