Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

सोमबार सुनको मूल्य तोलामा २३ सयले बढ्यो, चाँदी पनि ७० रुपैयाँले महँगियो

सोमबार सुनको मूल्य तोलामा २३ सयले बढ्यो, चाँदी पनि ७० रुपैयाँले महँगियो

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन (आइतबार) भने सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको थियो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ७० रुपैयाँले बढेर चाँदीको भाउ प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार