Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

युनिलिभर नेपालद्वारा सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश प्रस्ताव

युनिलिभर नेपालद्वारा सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश प्रस्ताव

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    images

    कम्पनीको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै लाभांश दिने निर्णय गरेको हो।

    लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मङ्सीर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। तसर्थ, बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    यो प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार