Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

स्रोत नखुलेको ७ लाख ५३ हजारसहित वीरगञ्जबाट एक जना पक्राउ

स्रोत नखुलेको ७ लाख ५३ हजारसहित वीरगञ्जबाट एक जना पक्राउ

आर्थिक पत्र
आइतवार, भाद्र २६ २०७९
  • वीरगञ्ज। प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन् ।

    images

    वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

    प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

    उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार