काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध श्रमिकका सन्तानलाई स्नातक पढ्न ६ लाख रुपैयाँको छात्रवृत्ति दिने निर्णय गरेको छ । कोषले ७ प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने निर्णय गरेको हो ।
कोषको बिहीबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, बैठकले सरकारले निर्धारण गरेको घातक रोग लागेमा १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।

