Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

१२ वटा निर्माण कम्पनी परे कालोसूचीमा

१२ वटा निर्माण कम्पनी परे कालोसूचीमा

आर्थिक पत्र
सोमवार, भाद्र २७ २०७९
  • काठमाडौं । सार्वजानिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनी कालोसूचीमा राखेको छ । कार्यलय सार्वजनिक निकायले पटकपटक ताकेता गर्दा पनि समयमा निर्माण कार्य सम्पन्न नगर्ने उक्त निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको हो ।

    images

    अनुगमन कार्यालयले एक सूचना जारी गर्ने १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा परेका कम्पनीले सार्वजनिक खरिदमा सहभागी डेढ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन् ।

    कालोसूचीमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान-रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन् । यस्तै, पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा पनि कालोसूचीमा परेको छ ।

    कार्यालयले एक वर्षदेखि एक वर्ष ६ महिनाको समयका लागि यो कम्पनीलाई कालोसूचीमा राखेको हो । प्रकाशित सूचनामा समयमा काम नगर्ने कम्पनीलाई कालोसूचिमा राखिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार