Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तोरीको तेल उत्पादन गर्ने

साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तोरीको तेल उत्पादन गर्ने

आर्थिक पत्र
सोमवार, भाद्र २७ २०७९
  • काठमाडौं । साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तेल उत्पादन गर्ने बताएको छ । साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङले आफ्नै ब्राण्डकाे तेल उत्पादन गर्ने बताएकी हुन्।

    images

    उनले उपभोक्ताहरुलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौडा स्थित नेपाल वनस्पती उद्मोग लिमिटेडबाट निकट भविष्यमा एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने प्रयास भइरहेको बताएकी हुन् । यस्तै, उनले रासायनिक मलको अभाव नहोस् र कृषकहरुले समयमा मल पाउन भन्नेमा हामी निरन्तर सक्रिय रहेको पनि बताएकी छन् ।

    ‘नेपाल सरकारले दिएको दायित्वलाई बोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको स्मरण गराउन चाहन्छ, कर्पोरेशनले कृषि विकासमा योगदान पुयाउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको छ, कर्पोरेशन कतिपय नयाँ–नयाँ उत्पादन गर्ने तिर लागेको छ र निकट भविष्यमा त्यसको प्रतिफल प्राप्त हुने आशा गरेका छौं,’ उनले कार्यक्रममा भनिन् ।

    उनको वक्तव्यको पूर्णपाठ

    आज हामी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव मनाउन उपस्थित भएका छौ । यस समारोहलाई गरिमा प्रदान गर्न माननीय मन्त्रीज्यू पाल्नु भएकोमा कर्पोरेशन परिवार गौरवको अनुभव गर्दछ र हार्दिक स्वागत अभिवादन गर्दछौं । साथै हाम्रो आमन्त्रण स्वीकार गरी समारोहको गरिमा बढाउन पाल्नु भएका नेपाल सरकारका सचिवज्यूहरु उच्चपदाधिकारी सहित सम्पूर्ण अतिथिज्यूहरुमा हार्दिक स्वागत गर्दछौं । आम उपभोक्ताका लागि गुणस्तरीय उपभोग्य वस्तुहरु सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिवद्धतालाई सार्थकता प्रदान गर्दछांै । गत वर्ष हाम्रा आदरणीय अध्यक्ष लक्ष्मीदास मानन्धरको असामयिक निधन भएकोमा कर्पोरेशनले आफ्ना अभिभावक गुमाउनु परेकोमा अत्यन्त मर्माहत भएका छौं र यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं । कर्पोरेशनको स्थापना कालदेखि नै उँहाको सक्रियताले संस्थाले विकासको गति लिन सकेको अनुभव गरेका छौं । उहाँको अमूल्य योगदानको सम्मान स्वरुप बालहितकारी पुरस्कारको नाम लक्ष्मीदास मानन्धर पालिका पुरस्कार राखी उँहाको नामलाई चिरस्मरणीय बनाउने प्रयासमा छ ।

    कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफ्नो सेवा प्रारम्भ गरेको ५० वर्ष पार गरेको छ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १५, केही नियन्त्रणमा आई संक्रमित र मृत्यु हुनेहरुको संख्या घटदै गएता पनि अझैँ सचेत रहनु पर्ने आवश्यकता छ । यस तर्फ कर्पोरेशन सचेत रहँदै आएको छ । कर्पोरेशनले आफ्नो उद्देश्य एवं प्रतिवद्धता अनुसार आमजनतालाई सुपथ एवं सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुको उपलब्धता लाई निरन्तरता प्रदान गरिने छ ।

    कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बावजुद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको छ भने भविष्यमा अझ सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु । सरकारले हामीलाई कार्यक्षेत्रमा व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन, आयात तथा सुपथ मूल्यमा वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि ठोस सहयोगको अपेक्षा गर्दछौ । विगतमा कोभिड १९ को निषेधाज्ञाको अवधिमा समेत उपभोक्ताहरुको घरदैलोमा अत्यावश्यक वस्तुहरु पुर्याएर आफ्नो भूमिका सफलतापूर्वक अगाडि बढाएको सबैमा सर्वविदितै छ भने उक्त सेवा वापत प्रंशसा पाएका छौं ।

    रासायनिक मलको अभाव नहोस् र कृषकहरुले समयमा मल पाउन भन्नेमा हामी निरन्तर सक्रिय छौं । नेपाल सरकारले दिएको दायित्वलाई बोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको स्मरण गराउन चाहन्छु । कर्पोरेशनले कृषि विकासमा योगदान पुयाउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको छ । कर्पोरेशन कतिपय नयाँ–नयाँ उत्पादन गर्ने तिर लागेको छ र निकट भविष्यमा त्यसको प्रतिफल प्राप्त हुने आशा गरेका छौ । उपभोक्ताहरुलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौडा स्थित नेपाल वनस्पती उद्मोग लिमिटेडबाट निकट भविष्यमा एस.टी.सी.ब्राण्डका तोरीको तेल उत्पादन गर्ने प्रयासमा छौं ।

    यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि श्री निःसहायक बालबालिका सेवा आश्रम ईटहरीलाई छनौट गरिएको छ र उक्त संस्थालाई ताम्रपत्र सहित रु.७५ हजार नगद प्रदान गरिने छ । कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुरÞ्याउनु हुने अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यवस्था गरी त्यसलाई निरन्तरता दिँदै आएको अवगत गराउँदछु । यसै सन्दर्भमा यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई “साल्ट ट्रेडिङ्ग अनंङ्गमान शेरचन छात्रबृत्ति” प्राप्त गर्ने प्रदेश कार्यालय धनगढीका कर्मचारी श्री तेज बहादुर कुँवरका छोरा श्री पार्शव कुँवर तथा “साल्ट ट्रेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति” प्राप्त गर्ने प्रदेश कार्यालय बिराटनगरका कर्मचारी श्री कृष्ण कुमार आचार्यकी छोरी सुश्री तेजस्वी आचार्यलाई बधाई ज्ञापन गर्दछु तथा उनीहरुको भविष्यमा अझ सफलता मिलोस भन्ने कामना गर्दछु र अविभावकहरुमा पनि बधाई ज्ञापन गर्दछु । छात्रवृत्तिको लागि प्रमाणपत्र सहित मासिक रुपमा रु.३,००० का दरले २ वर्षसम्म उपलब्ध गराईनेछ ।

    यस वर्ष कर्पोरेशनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी श्री विष्णु प्रसाद न्यौपाने तथा सहायक स्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी श्री तेज बहादुर कार्की तथा स्तरबिहिन कर्मचारी श्री राधेश्याम खड्कालाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिनेछ । पुरस्कृत हुनु भएकोमा बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कार अधिकृत स्तरमा श्री सबल रिजाल, सहायक स्तरमा श्री काजी बहादुर पराजुली र स्तरबिहिनमा श्री मंगल बहादुर लामा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

    ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मानपत्र सहित नगद रु.३५,००० र हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित रु.३०,००० उपलब्ध गराईनेछ । कर्पोरेशनको निरन्तर सेवामा हरी २० वर्ष सेवा अवधि पूरा गरी कदरपत्र पाउने कर्मचारीहरुको भविष्य अझ उज्वल होस भन्ने हार्दिक कामना गर्दछु । अन्त्यमा कतिपय आरोह अवरोहको विषम परिस्थितिमा पनि अनवरत रुपमा कर्पोरेशनको सेवा आम उपभोक्ताको घरदैलो सम्म पुर्याउन कार्यरत सम्पूर्ण कर्मचारी साथीहरुमा धन्यवाद ज्ञापन गर्दछु । यस बर्षको बडादशैं, तिहार, नेपाल सम्वत तथा छठको पूर्व सन्ध्यामा समस्त उपभोक्ता वर्गका साथै सबैमा शुभकामना ब्यक्त गर्दछु ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार