Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थप २०३ जनामा काेराेना संक्रमण

थप २०३ जनामा काेराेना संक्रमण

आर्थिक पत्र
मंगलवार, भाद्र २८ २०७९
  • काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप दुई सय तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे । 

    संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएकाे थियाे । 

    नेपालमा हालसम्म काेराेना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेकाे छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । यस्तै काेराेना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।   

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार