Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

असोज १ गते नर्भिकले कमलपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

असोज १ गते नर्भिकले कमलपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

आर्थिक पत्र
बुधवार, भाद्र २९ २०७९
  • काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

    अस्पतालले असोज १ गते शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा  निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

    बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

    अस्पतालले निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्ने अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार