Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

आर्थिक पत्र
बुधवार, भाद्र २९ २०७९
  • सप्तरी। राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४  हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

    बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार