Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

आजदेखि मासिक ३३३ रुपैयाँमै ५० एमबिपिएस इन्टरनेट

आजदेखि मासिक ३३३ रुपैयाँमै ५० एमबिपिएस इन्टरनेट

आर्थिक पत्र
बिहिवार, भाद्र ३० २०७९
  • इन्टरनेट सेवा प्रदायक वाइ-फाई नेपालले ल्याएको 'दशैंको मास्टर अफर' आज (बुधबार)देखि सुरू भएको छ। 

    यसअन्तर्गत कम्पनीले ३० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबिपिएसमा अपग्रेड हुने मौका दिएको छ।

    यसको अर्थ यसअघि ३० एमबिपिएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबिपिएसको इन्टरनेट पाउनेछन्। 

    त्यसैगरी, पहिले ५० एमबिपिएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबिपिएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१ सय रुपैयाँ अथवा त्रैमासिक ११ सय रुपैयाँ तिरेर नवीकरण गर्न सक्ने बताइएको छ।

    कम्पनीका अनुसार वार्षिक नवीकरण गर्दा ५० एमबिपिएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र लाग्छ। 

    तर ५० एमबिपिएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ (करबाहेक) लाग्नेछ। जसमा राउटर, तार र जडान शुल्क समेत जोडिएको छ। 

    यही इन्टरनेट प्याकेज पहिलो पटक लिँदा छ महिनाका लागि ३६ सय रुपैयाँ र तीन महिनाको ३१ सय रुपैयाँ पर्नेछ। 

    त्यस्तै, कम्पनीले ८० एमबिपिएसको नयाँ प्याकेज समेत ल्याएको छ। 

    जसअन्तर्गत ७ हजार ५ रुपैयाँ (कर बाहेक) मा एक वर्षका लागि ८० एमबिपिएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रितेशराजसिँह श्रेष्ठले बताए।

    साथै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ। 

    ५० एमबिपिएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ (कर बाहेक) तिर्नु पर्नेछ। 

    त्यसैगरी, ८० एमबीपीएस प्याकेज नवीकरण गर्न वार्षिक ६ हजार रुपैयाँ (कर बाहेक) तिरे पुग्ने कम्पनीले बताएको छ। 

    कम्पनीको यो सेवाहरू लिनका लागि ०१–५९७०७८९ मा फोन गर्न वा वेबसाइट बाट अर्डर गर्न सकिनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार