Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डेंगु संक्रमित १२ हजार नाघे

डेंगु संक्रमित १२ हजार नाघे

आर्थिक पत्र
बिहिवार, भाद्र ३० २०७९
  • काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ ।

    यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार