Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, नि:शुल्क एम्बुलेन्स

डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, नि:शुल्क एम्बुलेन्स

आर्थिक पत्र
शुक्रवार, भाद्र ३१ २०७९
  • काठमाडौं । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको. हो । डेंगु संक्रमित भए वा भएको शंका लागेमा  ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ ।  आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ ।  

    ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’

    भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार