Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

उपायकोे ढुवानी सेवा अब ई-सेवामार्फत बुक हुने

उपायकोे ढुवानी सेवा अब ई-सेवामार्फत बुक हुने

आर्थिक पत्र
शुक्रवार, भाद्र ३१ २०७९
  • नेपालको डिजिटल विकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र ई–सेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन्।

    जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, ई–सेवाको एपमार्फत पनि उपभोक्ताहरूलाई उप्लब्ध हुनेछ। प्रारम्भिक चरणमा, ई–सेवाले आफ्नो एपमा 'घर सराइ सेवा' समावेश गर्नेछ।

    एप प्रयोगताहरूले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ। उपभोक्ताले आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सकिनेछ।

    असोज महिनादेखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिकअप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने बताइएको छ।

    उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने 'यो  साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न मद्दत पुग्ने कुरामा हामी विश्वस्त छौँ।'

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार