Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

वर्ल्डलिंक कम्युनिकेसन २८औं वर्षमा प्रवेश

वर्ल्डलिंक कम्युनिकेसन २८औं वर्षमा प्रवेश

आर्थिक पत्र
शनिवार, आश्विन १ २०७९
  • काठमाडौं ।नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले स्थापनाको २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ ।

    इमेल सेवा हुँदै सन् १९९७ बाट डायल अप इन्टरनेट सेवा दिन सुरू गरेको कम्पनीको यात्राले २७औं वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको बताएको छ। 

    कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी कार्य सञ्चालन गरिरहेको छ भने यही वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा पुर्‍याउने लक्ष्य कम्पनीको छ। 

    कम्पनीले नेपालमै पहिलो पटक कन्टेन्टक्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको छ।

    हालसम्म १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको कम्पनीले यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना रहेको बताएको छ। 

    'नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनिय छ,' कम्पनीका निर्देशक मनोज अग्रवाल भने, 'देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।'

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार