Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुर्खेत उद्योग वाणिज्य संघको मतगणना: कँडेलकाे अग्रता, पछ्याउँदै खड्का

सुर्खेत उद्योग वाणिज्य संघको मतगणना: कँडेलकाे अग्रता, पछ्याउँदै खड्का

आर्थिक पत्र
सोमवार, बैशाख ५ २०७९
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी छ । अहिलेसम्म कुल ६ सय मतगणनामा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलको अग्रता  छ ।

    अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्काले भने मतान्तर घटाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार कँडेलले ३०५ मत ल्याउँदा खड्काले २८५ मत प्राप्त गरेका छन् । ३७ मतान्तर रहेकोमा अहिले कँडेल र  खड्काको मतान्तर २० छ ।

    निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानदेखि नै जारी छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता थिए भने १८२४ मत खसेको थियो । संघको १३औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

    कसकाे कति ?

    वरिष्ठ उपाध्यक्ष
    गणेशकुमार बस्नेत ३३१
    सूर्यबहादुर रावत २२७

    वाणिज्य उपाध्यक्ष
    दिपेन्द्र ढकाल २७५
    प्रेमबहादुर रावल २८७

    उद्योग उपाध्यक्ष
    प्रेम पाण्डे २९२
    सिंहराज बम २८५

    महिला उपाध्यक्ष
    कृष्णा थापा २८५
    तारा रावत २८९

    महासचिव
    भद्र भण्डारी ३०४
    रामप्रसाद जैसी २७९

    उपमहासचिव
    कृष्ण सुवेदी २९४
    पूर्णदेव अधिकारी २६४

    कोषाध्यक्ष
    राजेन्द्र शाही २५०
    रामप्रसाद पाण्डे ३२२

    सहकोषाध्यक्ष
    भीमप्रसाद पौडेल २८३
    सूर्यबहादुर खत्री २९३

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार