Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

नेपाल टेलिकमले सार्वजनिक गर्‍याे संविधान दिवस अफर

नेपाल टेलिकमले सार्वजनिक गर्‍याे संविधान दिवस अफर

आर्थिक पत्र
आइतवार, आश्विन २ २०७९
  • काठमाडौं ।संविधान दिवस­-२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ। 

    कम्पनीले ग्राहकहरूका लागि सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको बताएको छ। 

    यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म लागु हुने कम्पनीले बताएको छ। 

    अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक मात्र ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । 

    त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक मात्र ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। 

    कम्पनीका अनुसार अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक मात्र २९४ रुपैयाँमा खरिद गर्न सकिनेछ। 

    असोज ४ गतेसम्म मोबाइलबाट एस्ट्रिक१४१५एस्ट्रिक११ह्यास डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने कम्पनीले बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार