Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

इप्पानको पीपीए खोल्ने मागप्रति कुलमान घिसिङ सकारात्मक

इप्पानको पीपीए खोल्ने मागप्रति कुलमान घिसिङ सकारात्मक

आर्थिक पत्र
सोमवार, आश्विन ३ २०७९
  • काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । त्यसबारेमा आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँद उनले आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने बताए ।

    images

    घिसिङले अब खुल्ने आरओआरको पीपीए क्यु ४० मै डिजाइन हुने गरी खोल्न लागिएको बताउँदै कसैलाई पछि क्यु २५ मा जान ईच्छा भए जान सकिने प्राबधान राखिने जानकारी समेत दिए । असोज २ गतेका दिन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग भेटी पीपीएको प्रक्रिया कहिलेबाट अघि बढ्छ भन्ने सम्बन्धमा जानकारी गराउन लिखित माग गरेपछि उनले यस्तो जानकारी दिएका हुन् ।

    इप्पानले जलबिद्युत आयोजनाको बिकास, सर्वेक्षण एबम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा बिद्युत खरिद विक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत ब्यवस्था सम्बन्धी प्रतिबेदन, २०७९ ले बिगत साढे तीन बर्षदेखि रोकिएको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने ब्यवस्था गरे पनि आजसम्म पीपीए खुला गर्ने प्रक्रिया अघि नबढेपछि इप्पानले यस्तो माग गरको हो ।

    उक्त प्रतिबेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको पत्रमा उल्लेख छ । अहिले पीपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरुले दैनिकरुपमा जानकारी माग गरे पनि इप्पान नै यस बिषयमा प्रष्ट नभएको हुदा जबाफ दिन नसकिरहेको इप्पानले उल्लेख गरको छ ।

    त्यसैले यस किसिमको अन्योलतालाई हटाउन र ऊर्जा उद्यमीहरुलाई मानसिक तनाबबाट मुक्त गर्न पीपीएको प्रक्रिया कहिलेबाट अगाडि बढ्छ भन्ने जानकारी गराई दिन इप्पानको माग थियो । प्राधिकरणमा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिब गोरे शेर्पा, सचिबहरु बलराम खतिवडा, सदस्य उत्तम ब्लोन लामा गएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार