Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

आर्थिक पत्र
सोमवार, आश्विन ३ २०७९
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको मन्त्रालय जनाएको छ ।

    आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार