Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

पोखरामा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ

पोखरामा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ

आर्थिक पत्र
मंगलवार, आश्विन ४ २०७९
  • कास्की। पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार