Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

फोनपेले ल्यायो हरेक दिन एक लाख र सामसङको मोबाइल जित्ने अफर

फोनपेले ल्यायो हरेक दिन एक लाख र सामसङको मोबाइल जित्ने अफर

आर्थिक पत्र
मंगलवार, आश्विन ४ २०७९
  • काठमाडौं । फोनपे पेमेन्ट सर्विसले चाडपर्वलाई लक्षित गर्दै 'चाडवाडमा जीवन सहज बनाऔं, नगद छोडौं फोनपे गरौं' योजना सुरू गरेको छ।

    यस योजना अन्तर्गत हरेक दिन फोनपेमार्फत् क्युआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सक्नेछन्। 

    यो योजना असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुने कम्पनीले बताएको छ। 

    यसैगरी, क्युआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्। 

    यस योजना भने असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिनसम्मका लागि लागु हुनेछ। 

    फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नु पर्नेछ।

    यस योजनामा अन्य केही शर्तहरू समेत लागु हुने कम्पनीले बताएको छ।

    यसैगरी, फोनपेले दशैंको समयमा किनमेल गर्न सहज् र शुलभ होस् भन्ने उद्देश्यले विभिन्न बैंकहरूसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ।

    फोनपेमार्फत क्युआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपेमार्फत क्युआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउँनेछन्।

    यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कात्तिकसम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा ३० प्रतिशत अर्थात् तीन सय रुपैयाँसम्म छुट पाउने बताइएको छ। 

    यसैगरी, सानिमा बैंकका ग्राहकहरूले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् सय रुपैयाँसम्म छुट पाउनेछन्।

    यस्तै, गरिमा विकास र एनसिसी, एनआइसी एशिया बैंकका ग्राहकहरूले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् एक सय रुपैयाँसम्म छुट पाउने भएका छन्।

    यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म, कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा एक सय रुपैयाँ छुट प्राप्त गर्न सक्ने बताइएको छ। 

    आइएमई पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभु पेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् एक सयसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

    यस्तै, माछापुच्छ्रे बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्युआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाउने बताइएको छ।  

    फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार