Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर

नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर

आर्थिक पत्र
बिहिवार, आश्विन ६ २०७९
  • काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराएको छ।

    प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरू ल्याएको हो।

    एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ।

    मात्र ३४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ।

    यसैगरी, ४९९ रुपैयाँमा १९ हजार ६०० एमबी (दैनिक ७०० एमबी) डाटा, एक हजार ९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र एक हजार ९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिने बताइएको छ।

    यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २ हजार ८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २ हजार ८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। 

    यो अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरू खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ।

    यसका साथै यस अफर अन्तर्गत मात्र ९८ रुपैयाँमा २८ दिन भित्रमा ६०० वटा र ६० रुपैयाँमा तीन सय वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार