Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

इसेवामार्फत बीमा शुल्क भुक्तानी गर्ने पाेखरेल जिते एक लाख उपहार

इसेवामार्फत बीमा शुल्क भुक्तानी गर्ने पाेखरेल जिते एक लाख उपहार

आर्थिक पत्र
शुक्रवार, आश्विन ७ २०७९
  • काठमाडाै । ईसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने बीमित पाेखरेलले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् । ईसेवाले सञ्चालन गरेकाे ‘इसेवा लखपति याेजना’मा सहभागी भई बीमा शुल्क भुकतानी गरेका अनुपम पाेख्रेललाई इसेवाका सिइओ सुवास सापकाेटाले एक लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेका छन् ।

    साे लखपति याेजनामा बिद्युतिय भुक्तानी सेवा प्रदायक इसेवाकाे तर्फबाट जेठ १५ गतेदेखि भदाै १५ गते सञ्चालन गरेकाे अभियानकाे क्रममा चार अर्बभन्दा बढि रकम बीमा शुल्क भुक्तानी गरेकाे छ।ईसेवाले सञ्चालन गरेकाे उक्त अभियानकाे क्रममा सञ्चालन गरेकाे अफर अन्तर्गत उक्त रकम इसेवाकाे माध्यमबाट भुक्तानी भएकाे जनाएकाे छ ।

    कार्यक्रममा नेपाल लाइफकी चिफ सर्भिसिङ विभाग प्रमुख रिता शर्मा तथा सिटिओ प्रमुख शरदचन्द्र प्याकुरेलकाे उपस्थितिमा साे रकम हस्तान्तरण गरिएकाे हाे ।

    कार्यक्रममा ईसेवाका सिईओ सुवास सापकाेटाले डिजिटल भुक्तानी दुर दराजमा पुर्याउन इसेवा सक्रिय रहेकाे बताउदै बीमा शुल्क भुक्तानीकाे झन्झटिलाे प्रक्रियामा इसेवाकाे डिजिटफ भुक्तानी सेवाले सरल र विश्वसनीय बनाएकाे बताए ।

    कार्यक्रममा पुरस्कार बिजेता राेहित पाेख्रेलले इसेवामार्फत बीमा शुल्क भुक्तानी झनै सजिलाे बनाएकाे बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार